Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्लप डेब्यु गरेकी अभिनेत्री नीति शाहको भविष्य द्रष्टा बन्नेछ ज्वाँई साहब

शनिबार, असोज १९, २०८१

काठमाडौं– मोडलिङमा ख्याती कमाएकी अभिनेत्री नीति शाहको दोस्रो प्रोजेक्टका रुपमा ठूलो पर्दाको फिल्म ज्वाईँ साहब (ज्वाईँ साव) फूलपातीमा रिलिज हुने क्रममा रहेको छ। 

अभिनेता जितु नेपाल, बुद्धि तामाङ, हिमेश पन्तको मुख्य अभिनय रहेको फिल्म नीति शाहको अभिनयलाई नै केन्द्रविन्दुमा राखेर निर्माण भएको ‘ट्रेलर’ले देखाउँछ। 

निर्देशक बसन्त निरौलाको यो फिल्म कति सफल होला भन्ने विषयले नै नीति शाहको फिल्मी यात्राको भविष्यलाई प्रक्षेपण गर्न सकिन्छ। किनभने उनको ठूलो पर्दाको डेब्यु नै फ्लप छ। 

उनले ‘खजुरे ब्रो’ फिल्मबाट ठूलो पर्दामा हाम फाल्ने चेष्टा गरेकी थिइन्। 

त्यहाँमाथि फूलपातीमा रिलिज हुने फिल्मको व्यापारदेखि चर्चासँग नीति शाहको करिअरको लेखाजोखा हुनेछ। र, यो निक्कै चुनौती र सकसपूर्ण स्थितिमा हुन सक्ने देखिन्छ। सोही दिन ज्वाँई साहवकै जस्तो जनरामा ख्याती कमाएको फिल्म छक्का पञ्जा ५ र फरक शैलीको १२ गाउँ रिलिज हुँदैछ। 

त्यहाँमाथि घटस्थापनामा रिलिज भएको अनि चर्चा कमाइरहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिने सम्भावना कम छ। यसले आक्रामक व्यापारको गति समातिसकेको छ। 

यस्तो स्थितिमा नीति शाहको आगामी फिल्मी यात्राको भविष्य बलियो होला या यी सबै चिरेर स्थापित होलिन् भन्ने प्रश्न त अहम् हुने भई हाल्यो। 

फरक जनरामा बनेको र साथै रिलिज हुने १२ गाउँले ज्वाँई साहबलाई धक्का दिने सम्भावना कम छ। त्यो प्रक्षेपण पनि गरिँदैन। तर, एउटै टिममा लामो समय रहेर काम गरेका जितु नेपालका निम्ति छक्का पञ्जा फ्रेन्चाइजको ५ औं संस्करण जति चुनौतिपूर्ण हुनेछ नीति शाहका लागि पनि ज्वाँई साहेक भविष्य द्रष्टा प्रोजेक्टका रुपमा सफल र असफलताको कसी बन्नेछ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्