नेभिगेशन
सुरक्षा–अपराध

आठ किलो सुनसहित हेटौंडामा दुई भारतीय समातिए, कति हुन्छ बजार मूल्य?

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा दुई भारतीय नागरिकलाई ८ किलोभन्दा बढी सुनसहित पक्राउ गरेको छ। 

हेटौँडा–१५ रातोमाटे चेकिङ पोस्टबाट प्रहरीले ८ किलो ४३.९७ ग्राम सुनसहित पक्राउ गरिएकासहित बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर पनि सार्वजनिक गरिएको छ। 

भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाडलाई पक्राउपछि प्रहरीले सार्वजनिक गरेको हो। 

बरामद भएको सुनको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध