Nic Ad Nic Ad
Nic Ad Nic Ad

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

शनिबार, असोज १९, २०८१

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् । सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले सो कुरा बताएका  हुन् । 

ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकरुले राजधानीमा तोडफोड गरेका थिए । 

‘म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन’, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई बताए।  

‘ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरू निकै खतरनाक थिए।’

रिपब्लिकनको पराजयपछि उनका सयौँ समर्थकले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो। 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्