Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसंघीय शान्ति सेनाको दाबी : राष्ट्रसंघ

शनिबार, असोज १९, २०८१

काठमाडौँ- लेबनानका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल)ले शनिबार स्थानान्तरण गर्ने इजरायली अनुरोधका बाबजुद दक्षिणी लेबनान नछोड्ने जनाएको छ ।

गत सेप्टेम्बर(३० मा इजरायली सेना (आइडिएफ)ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे खुलासा गरेपछि  उनीहरूले केही स्थानबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानस्थित संयुक्त राष्ट्रसंघीय  सुरक्षा बलले जनाएको छ ।   सुरक्षा बलले इजरायली अनुरोधको बावजुत शान्ति सेनाहरू सबै स्थानमा  उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रूपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा निरन्तर फहराइरहने बताएका छन् । यसै क्रममा नियमित रूपमा आफ्नो मुद्रा तथा गतिविधिहरू समायोजन गर्ने जनाउँदै आवश्यक भएमा आकस्मिक योजनाहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।  

इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकू समूह हिजबुल्लाह विरुद्धको अभियानलाई तीव्र बनाएको छ  जसमा एक हजार १ सय १० भन्दा बढी मानिसहरू मारिएका छन् भने लाखौँ विस्थापित भएका छन् । 

इजरायलले यस हप्ताको सुरुमा दक्षिण लेबनानमा आक्रमण गर्न सुरु गर्ने जनाएको थियो । लेबनान र इजरायललाई सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरूप दिगो शान्तिका पुन प्रतिबद्ध हुन युनिफिलले आग्रह गरेको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव-१७०१ले लेबनानी सेना र राष्ट्रसंघीय शान्ति सेना दक्षिण लेबनानमा तैनाथ गर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्