Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

शनिबार, असोज १९, २०८१

काठमाडौँ- रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई “स्वतन्त्र बनाएको शनिबार रक्षा मन्त्रालयले जनाएको हो । रुसी सेनाको खतरामा रहेको  पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्त्वपूर्ण केन्द्र हो । 

गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन्  भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना  सर्वसाधारणलाई घाइते बनाएको बताएका छन् । यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राम मार्फत जानकारी गराएका छन् ।

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको श्रृङ्खलाबद्ध आक्रमणपछि, रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडी बढाइ रहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्