सरकारले क्याबिन क्रुको उमेरहद ५० वर्ष पुर्यायो
काठमाडौं- सरकारले विमान परिचालक/परिचालिकाको ४५ को उमेरहदलाई ५० वर्ष पुर्याउने भएको छ ।
४५ वर्षे प्रावधान हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यसँग शनिबार छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई उमेरहदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।
क्याबिन क्रु मेम्बरले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, मागको सुनुवाइ नभएको विषय राखेका र सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको मन्त्री पाण्डेले बताए ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१ १९:३७
प्रतिक्रिया दिनुहोस्