पुनःपहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
मङ्गलबारे (इलाम)- पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला-भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।
सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।
यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक-जोगमाई खोला-तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ ०७:४७
प्रतिक्रिया दिनुहोस्