Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वदेश फर्किए अन्तिम राजा ज्ञानेन्द्र, भुटानी राजाले गरेका थिए अंकमाल स्वागत

आइतबार, असोज २०, २०८१

काठमाडौं– नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह भुटानको भ्रमण सकेर स्वदेश फर्किएका छन्। 

सो क्रममा उनले भुटानका पूर्वराजा, मुमा महारानीलगायतसँग राजपाठसहितको भेटवार्ता गरेका थिए। 

भुटानकी राजकुमारीले विमानस्थलमा स्वागत गरेकी थिइन्। छोरी प्रेरणा र भतिजी शिताष्मासहित थिम्पु पुगेका उनलाई त्यहाँका राजाले अंकमालसहितको विशिष्ट सम्मानित स्वागत गरेका थिए। 

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग शनिबार भेटवार्ता भएको थियो।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्