Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनसँग दोहोरी खेल्ने सडक विभागले राजमार्गका काममा ताकेता दिएको भए...

आइतबार, असोज २०, २०८१

काठमाडौं– खासगरी पृथ्वी राजमार्गमा आएको पहिरोमा परी पुरिएका बस र मानवीय क्षती सडक निर्माणको काम समयमा नै नसक्नु पनि रहेको एउटा कारण बताइएको छ। 

नागढुङ्गा चेकपोस्टमा पुग्न १० मिनेट बाँकी रहँदा पहिरोका कारण सडकमै रोकिएका तीन यात्रुबाहक सवारी साधन पहिरोमा पुरिँदा ३५ जनाको शव निकालिएको थियो। 

माथिबाट झरेको पहिरोले सडकमै थिच्यो। यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँर त्यो माइक्रोबस सहितका गाडीहरू पहिरोमा पर्नुको एउटा कारण समयमै नसकिएका सडक विस्तार आयोजनाहरू पनि रहेको ठान्छन्।

‘बुटवलबाट तीन घण्टामा पुगिने नारायणगढ पुग्न अहिले आठ घण्टा लाग्छ। समयमै गन्तव्य पुग्न पाएको भए ती गाडीहरू पहिरोमा पर्ने थिएनन् होला नि’, स्वाँरलाई उदृत गरी बीबीसी नेपाली न्यूजले लेखेको छ। 

यातायात व्यवसायीहरूका अनुसार झ्याप्लेखोलाको पहिरोमा परेका तीनैवटा गाडीहरू रात्रिबस नभएर दिवाबसहरू थिए। तर समयमै काठमाडौं पुग्न नसकेका कारण पहिरोले अवरुद्ध बाटैमा रोकिएका बसहरू अर्को पहिरोमा परे।

पृथ्वी राजमार्गको सडकको अवस्था बेहाल छ। अहिले पनि सडक विभागले निर्माण सम्पन्न गर्नका लागि ठेकेदारलगायत सम्बन्धित निकायलाई ताकेता गरेको छैन। 

विभाग भत्किएका सडकको कामको साटो राजधानीमा स्थानीय सरकारको दायरामा पर्ने सडक पेटीका विषयमा विवाद गरेर अल्झिने गरेको छ। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको काम र दायराभित्रका सडकका विषयमा विभाग लामो समयसम्म विवाद गरेर बस्यो। यहाँसम्मकी उसले काठमाडौंका सडकमा सवि भनेर आफ्नो क्षेत्र छुट्याउने काम गरेको थियो। 

‘यसको साटो त सडक निर्माण सम्पन्न भयो कि भएन भनेर अनुगमन र दबाब दिएको भए हुने थियो नि’, एक सर्वसाधारण भन्छन्,‘यति ठूलो संख्यामा मानवीय क्षती हुने त थिएन होला।’
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्