Nic Ad Nic Ad
Nic Ad Nic Ad

मारवाडी सेवा समितिबाट व्यवस्थापन अधिकार खोसियो, अब पशुपति विकास कोषले नै गर्ने निर्णय

आइतबार, असोज २०, २०८१

काठमाडौं– पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन मारवाडी सेवा समितिबाट खोसेर पशुपति विकास कोषले नै गर्ने निर्णय भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा आइतबार बसेको पशुपति विकास कोष सञ्चालक परिषद्को बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ। 

परिषद सदस्य काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितको बैठकले यस्तो निर्णय गरेको हो। 

यसअघि उक्त धर्मशाला लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गरिरहेको आरोप लागेको थियो। 

यसअघिको करार बदर गरी पाऊँ भनी मारबाडी सेवा समितिले पशुपति विकास कोषविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्