नेभिगेशन
खेलकुद

एनपीएलमा महँगा खेलाडी बने लोकेश, ललित र सूर्य, कुन टिमले कतिमा खरिद गरे?

काठमाडौं– क्रिकेट संघले गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्शनमा अहिलेसम्म तीन खेलाडी महँगो मूल्यमा विक्रि भएका छन्। 

बिराटनगर किङ्ग्सले लोकेशलाई १५ लाखमा खरिद गरेको हो। चिट्ठामार्फत उनी बिराटनगरको टोलीमा पुगेका थिए। 

धेरै टिमले लोकेशलाई खरिद गर्न खोजेका थिए। तर, यो भाग्य बिराटनगरले पायो। 

यसैगरी ललित राजवंशीको हकमा पनि एक भन्दा बढी टिमले माग भएको थियो। समान १५ लाखमा उनलाई जनकपुर बोल्टस्ले आफ्नो टिममा भित्राउन पायो। 

यता सूर्य तामाङलाई पनि लुम्बिनी लाइन्सले समान १५ लाख दिएर टिममा भित्राएको छ। 

रिजन ढकाल १० लाखमा चितवन राइनोजका लागि लागि विक्रि भएका छन्। आसुतोष घिरैयालाई १० लाखमा लुम्बिनीले खरिद गरेको छ। 

अर्का खेलाडी बिपिन रावल ८ लाखमा चितवनमा आवद्ध भएका छन्। भोजराज भट्ट भने साढे चाल लाखमा सुदूरपश्चि रोयल्समा आवद्ध भए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद