नेभिगेशन
खेलकुद

अनिलकुमार साह जनकपुर बोल्टसमा १५ लाखमा आवद्ध, जीतेन्द्र मुखिया बिराटनगर किङ्समा 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्शनमा अनिलकुमार साह १५ लाखमा जनकपुर बोल्टसमा पुगेका छन्। 

साहका लागि सबै ८ टोलीले बोली लगाएका थिए। गोलाप्रथामा साह जनकपुरको पोल्टामा पुगेका हुन्। 

यसैगरी विश्वकप खेलिसकेका जीतेन्द्र मुखिया बिराटनगर किङ्समा आवद्ध भएका छन्। उनका लागि बिराटनगरले ५ लाख खर्चिएको छ।

क्रिकेट विश्वकपमा २०१४ मा नेपालले अफगानिस्तानमाथि जित निकाल्दा मुखिया म्यान अफ दी म्याच भएका थिए। 

उक्त खेलमा मुखियाले अफगानिस्तानविरुद्ध चार ओभरमा जम्मा १८ रन दिएर ३ विकेट लिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद