Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

आइतबार, असोज २०, २०८१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु. १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु. पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैंक लिमिटेडबाट रु. दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु. एक करोड, एनएमबी बैंकबाट रु. ५१ लाख, नेपाली काँग्रेसबाट रु. ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु. ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु. ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु. २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्