Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र विकास बोर्डका अध्यक्ष डीसी बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा भाग लिन कोरियामा

सोमबार, असोज २१, २०८१

काठमाडौ - चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा नेपालको प्रतिनिधित्व गर्दै कोरियामा छन्। 

दिनेश डीसीले यस अवसरलाई नेपालको सुन्दर ठाउँहरूलाई ‘शुटिङ डेस्टिनेशन’का रूपमा प्रचार गर्न महत्वपूर्ण भूमिका निभाउनेछन्।

दिनेश डीसीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्म उद्योगको सम्भावनाहरू उजागर गर्न र नेपाललाई विश्वव्यापी फिल्म समुदायको लागि आकर्षक गन्तव्य बनाउन अहम् भूमिका निर्वाह गर्नेछन्। यस महत्त्वपूर्ण प्रतिनिधित्वले नेपाली फिल्म क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

समयको यो संयोगले सन् २०१५ को भूकम्पपछि कोरिया नेपाल पुनःनिर्माणमा सहयोग गर्न आएका कोरियाली पूर्व राष्ट्रपति मुन जे-इनलाई पनि सम्झाउने अवसर दिएको छ, जसले नेपालीको मनमा गहिरो छाप छोडेका थिए।

कोरियामा अक्टोबर पहिलो सातादेखि भईरहेको विश्व कै प्रतिष्ठित  “बुसान अन्तराष्ट्रीय फिल्म फेस्टिभल” को एसियन कन्टेन्ट एण्ड फिल्म मार्केट  विषयमा छलफलमा भाग लिनेछन् । डिसिले आज एसियन फिल्म कमिसन नेटवर्कको  बीसौं बार्षिकोत्सव तथा कन्भ्नेसनमा  आफ्नो विचार सहित भिडियो प्रस्तुति राख्नेछन् ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्