फूलपातीका दिन निगमको न्यारोबडी जहाजले भैरहवा उडान गर्ने अनुमति पायो, रिलेमा हिमालयन
काठमाडौं– फूलपातीका दिन नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजले भैरहवामा एक सय ८० भन्दा बढी यात्रु बोकेर उडान गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि यात्रा सहजीकरणका लागि उक्त जहाजले आन्तरिक उडान गर्ने भएको हो।
यो स्पेशल चार्टर उडान हुनेछ। काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौं फर्किने तालिका स्विकृत भएको भएको छ।
यसअघि हिमालयन एयरलायन्सको न्यरोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो। त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन्।
यसैबीच आन्तरिक उडानका निम्ति हिमालयन एयरलाइन्सले पनि पोखराका लागि अनुमति माग गरेको छ। पोखराका लागि अनुमति पाए दशैंका बेला यात्रुलाई सहज यात्रा हुने बताइएको छ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १५:३३
प्रतिक्रिया दिनुहोस्