Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु समूहद्वारा बाढीपहिरो तथा डुबान प्रभावितका लागि एक करोड ७५ लाख सहयोग

सोमबार, असोज २१, २०८१

काठमाडौँ - प्रभु समूहले बाढीपहिरो तथा डुबानबाट प्रभावितहरूका लागि एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रभु समूह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सोमबार उक्त सहयोग गरिएको हो ।

प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओली उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरूप नेपाल सरकारलाई पीडितहरूको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको हो । प्रभु समूह अन्तर्गतका संस्थाहरूबाट प्रदान गरिएको सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा समूहले गरेको छ ।

साथै प्रभु समूहले विज्ञप्ति जारी गरेर बाढी तथा पहिरोबाट घाइते नागरिकहरूको शीघ्र स्वास्थलाभको कामना र मृतकजन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्