Nic Ad Nic Ad
Nic Ad Nic Ad

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

सोमबार, असोज २१, २०८१

दोलखा- गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुंगा सोलुखुम्बुलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।

चाडपर्वमा हुने भीड भाडमा यात्रुको सहजताका लागि खरिढुंगा सातदोबाटो चरिकोट, सिंगटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुंगा-चरिकोट ९२२ किमी. कम्तीमा एक घण्टा, चरिकोट-किर्नेटार ९३९ किमी. कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट-जिरी ९५६ किमी. कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट-सिँगटी ९३९ किमी. का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।

यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । खरिढुंगा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गरे ।

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिए भन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुंगा मन्थली, सोलुखुम्बुलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्