Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा यु-२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित

सोमबार, असोज २१, २०८१

काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्त उज्वेकिस्तान विजयी भयो । नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९-२५ले गुमायो भने खेलको दोस्रो सेट १४-२५ ले पराजित भयो ।

यस्तै नेपालले तेस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्‍यो । तर, खेलको  चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५-२५ ले पछि पर्‍यो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो । यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्