Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

मंगलबार, असोज २२, २०८१

काठमाडौँ- लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ । उनी केही समयदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन् ।

५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको हो । गुरुङ स्थानीय तह निर्वाचन-२०७४ मा नेपाली काँग्रेसका तर्फबाट दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।


 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्