Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्रिकेटर सन्दीप लामिछाने शतप्रतिशत बेकसुर, सरकार पुनरावेदन लिएर सर्वोच्च नजाने

मंगलबार, असोज २२, २०८१

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शतप्रतिशत बेकसुर साबित भएका छन्। उच्च अदालत पाटनले न्याय दिएका उनीविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालत जान सक्ने प्रक्षेपण थियो तर त्यसो नहुने सुनिश्चित भएको छ। 

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय नै सन्दीप बेकसुर छन् भन्ने प्रमाण हो। यसअघि गौशाला २६ ले पनि निवेदन फिर्ता लिएकी थिइन्। 

उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए।

‘उच्च अदालतको फैसला चित्त बुझ्यो भने सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ’, उनले सरकारी संस्था राष्ट्रिय समाचार समितिसँग भने, ‘उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय भएको छ।’

महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो। उक्त मुद्दाको गत साउन ४ गते पूर्णपाठ सार्वजनिक भएको थियो।
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्