Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती पुलको पहुँचमार्ग मर्मतपछि कान्ति लोकपथ जोडियो, मंगलबार दिउँसोबाट सवारीसाधान पूर्णरुपमा चलाउन सकिने

मंगलबार, असोज २२, २०८१

ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथीको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि कान्ति लोकपथ सुचारु भएको छ । आज दिउँसोबाट कान्ति लोकपथ भएर सवारीसाधन पूर्णरुपमा सञ्चालन हुने कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन्। 

अहिले पनि सामान्य रुपमा सवारीन आवागमन खुला गरिएको भएपनि लालितपुरतर्फको पहुँचमार्गमा अझै पनि फिलिङ गर्न बाँकि रहेकाले काम भइरहेको प्रमुख बज्राचार्यको भनाइ छ।

‘मकवानपुरतर्फको काम सकियो। ललितपुरतर्फको पहुँचमार्गमा थोरै फिलिङ गर्ने काम बाँकि छ। अहिले काम भइरहेको छ। आज दिउँसोसम्ममा सकिन्छ,’ उनले भनिन,  ‘त्यसपछि कान्ति लोकपथ भएर सवारी आवागमन पूर्णरुपमा खुल्छ ।’

गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथअन्तर्गत बागमतीमाथिको बगुवा पुलको मकवानपुरतर्फको पहुँचमार्ग बगाउँदा सवारी आवागमनमा समस्या भएको थियो । लगभग १० दिनपछि कान्ति लोकपथ आजबाट संचालन भएको हो। 

बागमतीमा आएको बाढीले मकवानपुरतर्फ बगाएको भाग मर्मत गरेपछि यातायात संचालन  गरिएको कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् । उनले गएराति नै मर्ममतको काम सकिएपनि ललितपुरतर्फको पहुँचमार्गमा अझै थोरै फिलिङको काम बाँकी रहेकाले आज दिउँसोबाट सवारी साधनको आवतजावत खुला गर्ने बताइन्।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्