राष्ट्र बैंकले बढायाे वालेटकाे सीमा, एकैदिन ३० पटकसम्म काराेबार गर्न पाइने
यी ठुला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। हाल एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान रहेको छ।
बैंकद्वारा जारी परिपत्रमा उल्लेख भएअनुसार दसैंमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा प्रदान गरिएको उल्लेख छ।
राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरूलाई सोहीअनुसार गर्न गराउन परिपत्रमा निर्देशन दिइएको छ।
प्रतिक्रिया
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्