Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैँमा काठमाडौं छोड्नेको सङ्ख्या आधाले घट्यो

मंगलबार, असोज २२, २०८१

काठमाडौं यस वर्ष दशैँमा राजधानी छाड्नेको सङ्ख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैँका लागि काठमाडौँ छाडेका छन् । 

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष यही अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

काठमाडौं जोड्ने अधिकांश राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस वर्ष दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, बीपी राजमार्ग सञ्चालन हुन सकेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्