Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि खुला रहने

मंगलबार, असोज २२, २०८१

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदाको समयमा पनि खुला रहने भएको छ ।

आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाको अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुला रहने भएको हो ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको जनाएको छ । 

 यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्