पुण्य गौतममाथि निर्घात हिसाबले रड प्रहार, आईसीयुमा राखियो
काठमाडौं– विभिन्न विषयमा युट्युवलगायत सामाजिक सञ्जालमा चर्चामा रहेका पुण्य गौतममाथि निर्घात हिसाबले रड प्रहार गरिएको छ।
अपरिचित व्यक्तिले सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा टाउको र शरिरका विभिन्न भागमा रड प्रहार गरेका हुन्।
गौतमका निधारको हड्डी भाँच्चिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ। गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलको आइसीयुमा राखेर उपचार गरिएको छ।
प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिररहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १३:३४
प्रतिक्रिया दिनुहोस्