Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंमा चार वटा सवारीसाधन एक आपसमा ठक्कर खाए

मंगलबार, असोज २२, २०८१

काठमाडौं– सीतापाइलामा चार वटा सवारीसाधन मंगलबार एक आपसमा ठक्कर खाएका छन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र टाटा डिआइ गाडी एक आपसमा ठक्कर खाए। बा१६च ६३३७ नम्बरको कार र बाप्र ०२ ०३४प४३०२ नम्बरको मोटरसाइकल समान हिसाबले गुडेका थिए। 

कारलाई ओभरटेक गर्ने मोटरसाइकलले एक्कसी ब्रेक लगाएपछि पछाडि आइरहेकोे बा४ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको थियो। 

कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि चेपियो भने अगाडिबाट आएको बा१०च ८७७५ डिआई गाडीमा कार ठोक्कियो। 

दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्। ताप्लेजुङ सिजङगा गाउपालिका–४ घर भई कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते छन्। 
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्