तेल ट्यांकरभित्र ३९२ किलो गाँजा, दुई जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले तेल ट्यांकरभित्र रहेको ३९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
मंगलबार बिहान सवा ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पुर्व-पश्चिम सडक खण्डमा गाँजा बोकेको तेल ट्यांकरसहित दुई जनालाई पक्राउ गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई जाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्