Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपराध रोक्न एआईजी बज्राचार्यको भक्तपुर परिसरलाई निर्देशन

मंगलबार, असोज २२, २०८१

काठमाडौ - काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी किरण बज्राचार्यले अपराध रोक्न प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएकी छ्न ।मंगलवार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन गर्दै उनले सो निर्देशन दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात प्रहरी परिसर भक्तपुर मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै एआईजी बज्राचार्यले आगामी दिनहरूमा शान्ति सुरक्षा चुनौतीपूर्णरहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताइन । 
                                                      
साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै हरेक प्रहरी कर्मचारीहरूले आफ्नो आचरण व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसग विनम्रताका साथ प्रस्तुत हुन निर्देशन दिइन्  ।

त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक्ने हुनाले सुरक्षा योजना अनुरुप काम गर्न समेत निर्देशन दिएकी छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्