Nic Ad Nic Ad
Nic Ad Nic Ad

भेट्रान प्रतियोगिता खेल्दै गरेका गोलरक्षकको मृत्यु

मंगलबार, असोज २२, २०८१

काठमाडौ - बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ५ बकुलिया खेल मैदानमा भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई–५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन्।

थारु ११ र वीरगन्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा– ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए। अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै वीरगन्ज लगिएको थियो।

थारु ११ टिमबाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा अर्का गोलरक्षक भित्र पठाइएको थियो। मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकर चलिरहेका बेला चौधरी अचानक ढलेका थिए।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्