राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लाउने समय सार्वजनिक
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले मंगलबार साँझ प्रेस नोट जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले शनिबार अपरान्ह ३ बजेदेखि ३:३० सम्म विशिष्ट व्यक्ति र ३:३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने जानकारी गराएका हुन ।
दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्व, निजामति, जङ्गी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्नुहुने विज्ञप्तिमा उल्लेख छ।
प्रवक्ता पन्तीका अनुसार राष्ट्रपति पौडेलले सर्वसाधारणलाई अपरान्ह ३ बजेर ३० मिनेटदेखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १९:२३
प्रतिक्रिया दिनुहोस्