Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध

मंगलबार, असोज २२, २०८१

काठमाडौं बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्मको अपडेट अनुसार अहिलेसम्म पहिरोका कारण देशभरमा ५ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छन् भने ८ सडक खण्ड एकतर्फी संचालन भइरहेका छन् ।

अवरुद्ध भएका सडकमा काभ्रे जिल्लामा विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको चारसयबेसीमा सडक अवरुद्ध छ भने विपी राजमार्गकै रोशीको भ्याकुरेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ । 

त्यस्तै रामेछापको अरनिको राजमार्ग अन्तर्गतको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा सडक पूर्ण अवरुद्ध रहेको छ । त्यस्तै सिन्धुपाल्चोकको बार्हबिसे तातोपानी सडक खण्ड पनि भोटेकोशी-३ मा अवरुद्ध रहेको छ ।

त्यस्तै बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथीभेरा-१ को बालुवाटारमा सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्