रामेछापमा बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते
काठमाडौँ- काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा रामेछापको सुनकोशी गाउँपालिका-६ की युनिषा श्रेष्ठ रहेकी छिन् । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् भने घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रदेश-३-०१-००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका-३ भीरपानीमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ २०:५४
प्रतिक्रिया दिनुहोस्