दशैंको शुभकामना दिँदै ज्ञानेन्द्रले भने– देशमा बाह्य शक्ति राष्ट्रको दबाब र प्रभाव नबढोस् (सन्देशसहित)
काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहले देशमा बाह्य शक्तिको दबाब र प्रभाव कायम रहेको संकेत गरेका छन्।
बुधबार दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्,‘बाह्य शक्ति राष्ट्रको दबाब र प्रभाव नबढोस्।’
राज्य शक्ति चलाउनेको अकर्मण्यताका कारण देशका युवा शक्ति पलायन हुन बाध्य भएको, युवा बेरोजगार भएको उल्लेख गरेका उनले भनेका छन्,‘त्यसकारण मुलुकका खेतबारी बाँझा छन्।’
सन्देश पत्र
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ ०९:०७
प्रतिक्रिया दिनुहोस्