Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा, अध्यक्ष नेपालको टाउको दुख्यो

बुधबार, असोज २३, २०८१

काठमाडौं– महाधिवेशनमा चरम असन्तुष्टि रहेका नेताहरूसहित मिलेर नेकपा एकीकृत समाजवादी विभाजनको तयारी गरेका छन्। 

यहि कारण अध्यक्ष माधवकुमार नेपालको टाउको दुखेको छ। १०औं महाधिवेशनमा निर्वाचित भएको ३४४ सदस्यी केन्द्रीय कमिटीसहित पोलिटब्युरो र पदाधिकारी खारेजीको माग तिव्र भएको छ। 

महाधिवेशनमा पदाधिकारीको निर्वाचन नगरेको तथा चिट बाँडेर पदाधिकारीसहितलाई जिताउने काम भएकोलगायतका कारण पार्टी विभाजनको तयारीमा रहेको एक नेताले क्यानडा नेपाललाई जानकारी दिए। 

‘दशैंलगत्तै विभाजन हुने सम्भावना रहेको छ। यो महाधिवेशन खारेज नभए एउटा ठूलो हिस्सा विभाजिक हुनेछ’, ति नेताले भने,‘एमालेसँग समाहित हुने सम्भावना रहेको छ।’

पार्टी विभाजनको तयारीले तनाव भएपछि नेताहरू यसलाई सच्याउने कोशिशमा लाग्ने या नलाग्ने भन्ने छलफलमा छन्। खासगरी महाधिवेशनमा तीन नेता अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले गरेको वाचासमेत पूरा नभएको भन्ने चर्चा छ। 

कतिपय सांसदहरू पनि एमालेमा जाने तयारीमा रहेका हल्ला यसअघि नै आएका थिए भने उपाध्यक्षमा पराजित नेत्री रामकुमारी झाँक्रीसहितले पनि पार्टी नेतृत्वबारे विचार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। 

मंगलबार मात्र एक सय जनाभन्दा बढीको हस्ताक्षरसहित जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायतले अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाएर विभाजन रोक्नका लागि चेतावनी दिएका थिए। 
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्