Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजतन्त्र फर्किँदैनः प्रचण्ड

बुधबार, असोज २३, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासको रथ पछाडि नभई अगाडि बढ्ने भएकाले नेपालमा राजतन्त्र नफर्किने बताएका छन्। 

सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा उनले अन्तिम राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणमा पाएको सम्मानको चर्चाबारे टिप्पणी गर्दै भने,‘त्यो हाम्रो आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति हो तर देश गणतन्त्रमय भएका कारण राजसंस्था वा राजतन्त्र फर्किने स्थिति छैन।’

इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेको र गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवाद बाहेक नहुने टिप्पणी गरेका प्रचण्डले भने,‘राजा र उनको परिवारको कारण ले पनि सम्भव छैन।’
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्