Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा उपसभापति स्वर्णिम वाग्ले ‘जीके’मा फेल, सञ्जालमा भए ट्रोल

बुधबार, असोज २३, २०८१

काठमाडौं– पिएचडी डाक्टर, रास्वपा उपसभापति एवम् प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले ‘जेनेरल नलेज’ (जीके) मा अति कमजोर भएको उदाहरण अहिले सामाजिक सञ्जालमा ट्रोल हुन थालेको छ।

बुढानीलकण्ठ स्कुलको विद्यालय जीवन, लन्डन स्कुल अफ इकोनोमिक्सको स्नातक, हार्डवर्ड युनिभर्सिटीको स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीको पीएचडी मात्रै होइन विश्व बैंक, युएनडीपी र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएर काम गरिसकेका वाग्लेलाई दुई कक्षाका विद्यार्थीले समेत जान्ने जीकेबारे ज्ञान नभएको उदाहरण सार्वजनिक भएको हो। 

नेपालको राष्ट्रिय गान र आम मान्छेलाई पनि थाहा हुने विषयमा उनी कति कमजोर रहेछन् भन्ने चाहिँ उनैले पोस्ट गरेको एउटा भिडिओ फुटेजमा देखिएको छ। 

रास्वपाकी सांसद सुमना श्रेष्ठसँग गरेको संवादमा उनले नेपालको राष्ट्रिय गान लेख्ने कवि व्याकुल माइलालाई राष्ट्रकवि भनेका छन् भने राष्ट्रकविको पदवी माधवप्रसाद घिमिरेलाई दिएका छन्।

व्याकुल माइला राष्ट्रकवि होइनन् भने राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ हुन्। 

‘हाम्रो व्याकुल हो कि के कविजी ... राष्ट्रकवि.... उहाँ भनेपछि आई वाज भेरि क्युरियस.... एउटा जनजाति पृष्ठभूमिको कविले ..... एकदमै चैँ.... नेपालको राष्ट्रिय गीत गाएर... गोपाल योञ्जनले म्युजिक भर्नुभएको भनेर न्युज पढेपछि गुगल गरेर सोधखोज गरेको याद छ मलाई’, उनले भनेका छन्। 

उनको यहि भनाईका कारण अहिले आलोचना बढेको छ भने पिएचडी डाक्टर कसरी भए भनेर प्रश्नहरु उठेका छन्।
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्