Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डको टिप्पणीः माओवादीको अनुहार देखेपछि एमाले संविधान खारेजीमा लागेको छ

बुधबार, असोज २३, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन र त्यसमा पनि खासगरी एमाले नेतृत्व संविधान खारेजीमा लागेको टिप्पणी गरेका छन्।

‘यो संविधानमा माओवादीको अनुहार देखिन्छ। हामीले देखेकै हो नि बयलगाडाको सिद्धान्त’, बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग प्रचण्डले भने,‘संविधान सिधा खारेजी भन्न नसकेर संशोधनको बाहना बनाइएको हो। तर आन्तर्यमा संविधान खारेजी नै उहाँहरूको लक्ष्य हो।’

अघिल्लो सरकारले सुशासन सुरु गरेपछि आत्तिएका कांग्रेस एमालेले गठबन्धन बनाएको आरोप लगाएका उनले संविधान संशोधन बाहना बनाइएको पृष्ठभूमीमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विषयलाई पनि स्मरण गरेका थिए।

यो संविधान अहिलेको सरकारमा रहेका दलले आफ्नो भन्दा पनि बाहिरको देखिरहेको आरोप लगाएका प्रचण्डले भने,‘संविधान संशोधनको विषय उठाउने अधिकार माओवादीलाई मात्र छ। किनभने गणतन्त्र, संघीयता र समावेसीताको हिमायती हामी हौं।’
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्