नेभिगेशन
समाज विविध

कुलमान घिसिङको कार्यकारी अधिकार खोस्दै सरकार, स्पष्टीकरण पनि सोधियो

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अधिकार कटौतीको तयारी भएको छ। 

लेखा समितिलगायतमा परेको उजुरीको कारण देखाउँदै १५ बुँदे स्पष्टीकरण सोधिएका घिसिङको कार्यकारी पद खोस्ने तयारी भएको उच्च स्रोतले जनाएको छ। 

घिसिङलाई निलम्बन गरे वा हटाएको खण्डमा अदालतबाट अन्तरिम आदेश ल्याउन सक्ने भएपछि कार्यकारी अधिकार खोसेर उनीमाथि अर्कालाई त्यो अधिकार दिने तयारीमा उर्जा तथा जलस्रोत मन्त्रालय लागेको हो। 

त्यसका निम्ति प्राधिकरणको बोर्ड बैठक बुधबारलाई डाकिएको थियो। तर, कोरम नपुगेपछि उक्त बैठक बस्न सकेन। 

पछिल्ला चरणमा सरकार र कुलमानबीच विविध विषयमा टकराव चलिरहेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता