Nic Ad Nic Ad
Nic Ad Nic Ad

केपिलासगढीमा कृषि संकलन केन्द्र स्थापना

बुधबार, असोज २३, २०८१

खोटाङ– केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि संकलन केन्द्र स्थापना गरेको छ । 

कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख लगानीमा गाउँपालिकाको कृषि शाखासँगै जोडिएको कार्यालय भवनमा कृषि संकलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो । 

गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै विकास गरी कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिए । 

‘कृषकको कृषि उपजले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मूल्यमा कृषि खरिद गर्छ, खरिद गरेर संकलित कृषि उपजलाई अन्य स्थानमा सप्लाई गरिदिन्छौँ’, उनले भने, ‘आगामी दिनमा कृषकको कृषि उपज बजार नपाएर कुहिँदैन, गाउँपालिकाले खरिद गर्छ, कृषकले त्यसको मूल्य पाउँछ ।’

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्