दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात
काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको हो ।
साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।
दुई महिना विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा छ । साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा छ ।
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ १७:०९
प्रतिक्रिया दिनुहोस्