Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली नोटसहित सुनसरीबाट एक जना पक्राउ

बुधबार, असोज २३, २०८१

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय  ट्याब्लेट सहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्