पोखरा र भैरहवाका लागि हवाई इन्धनको मूल्य घट्यो
काठमाडाैं -नेपाल आयल निगमले पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य घटाएको छ । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि निगमले हवाई इन्धनको आयल निगमका लागत मूल्यमा नै उपलब्ध गराउने निर्णय अनुसार मूल्य घटाएको हो ।
हाल भैरहवामा ८६० डलर प्रति किलोलिटर रहेकोमा अब ७६९ डलर प्रतिकिलो लिटर भएको छ । त्यस्तै, पोखराको ८६० डलर प्रतिकिलो लिटर रहेकोमा अब ७८४ डलर भएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ २१:४४
प्रतिक्रिया दिनुहोस्