Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंमा अवतरण भएको कुवेत एयरले ८० प्रतिशतको लगेज छुटायो, मर्कामा यात्रु

बिहीबार, असोज २४, २०८१

काठमाडौं– दशैंका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार बिहान अवतरण गरेको कुवेत एयरले ८० प्रतिशत यात्रुको लगेज छुटाएको छ। 

कुवेत एयलाइन्सको उडान नम्बर केयू ३९१ विमानले लगेज छुटाएपछि काठमाडौं उत्रिएका यात्रु मारमा परेका छन्। 

यात्रुहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कुवेत एयरलाइन्सको कार्यालयमा लगेज दाबी गर्दै निवेदनसमेत दिएका छन्। त्यस्तो निवेदनलाई ‘प्रपर्टि इरेगुलारिटी रिपोर्ट –पी.आई.आर’ भनिन्छ।

कुवेत एयरले उक्त लगेज ल्याउने प्रबन्ध मिलाइरहेको जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्