नेभिगेशन
सुरक्षा–अपराध

गोरखामा युवतीको हत्या

पोखरा– गोरखाको पालुङटार–७ मा बुधबार राती एक युवतीको हत्या भएको छ।

२८ वर्षीया रश्मी कुमालको राति करिब १२ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। कुमालको उपचारका क्रममा बिहान २ बजे दमौलीमा मृत्यु भएको थियो।

धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो। तनहुँको डुम्रेस्थित अस्पतालमा उपचार हुन नसकेपछि कुमाललाई दमौली अस्पताल लगिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ