महोत्तरीमा एक युवतीको शव फेला
काठमाडौँ- महोत्तरीमा एक युवतीको शव फेला परेको छ । बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१-२२ वर्षीया युवतीको शव फेला परेको हो ।
महोत्तरीका प्रहरीका अनुसार बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुलेको छैन । युवतीको सनाखतको प्रयास भइरहेको प्रहरीले बताएको छ ।
शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिबास अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ १२:५४
प्रतिक्रिया दिनुहोस्