पशुपतिस्थित धर्मशाला काठमाडौं महानगरले दसैंपछि सञ्चालन गर्ने
काठमाडाैं -काठमाडौं महानगरपालिकाले दसैंपछि पशुपति क्षेत्रभित्रको धर्मशाला र गौशाला सञ्चालन तथा व्यवस्थापन गर्ने भएको छ ।
पशुपति क्षेत्रभित्रको धर्मशाला र गौशाला सञ्चालन तथा व्यवस्थापनका लागि महानगरले बुधबार कार्यालय सुरु गर्न खोज्दा मारवाडी सेवा समिति नेपालको अवरोध जनाएपछि दसैंपछि सुरु गरिने महानगर ८ का वडाध्यक्ष आशामान संगतले जानकारी दिए ।
असोज २२ गते महानगर र पशुपति क्षेत्र विकास कोषबीच पशुपति क्षेत्रमा रहेको धर्मशालाभित्रको धर्मशाला र गौशाला व्यवस्थापन गर्न सम्झौता भएको थियो । सोही सम्झौताअनुरुप बुधबार महानगरले पशुपति क्षेत्रभित्र कार्यालय सुरु गर्न खोज्दा समितिले विरोध जनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्