Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने, यस्तो छ रुट

बिहीबार, असोज २४, २०८१

काठमाडौं - नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

samridhi jewllers

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउनेछ ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

नम्बरमा २ नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

FB_IMG_1728568264556-1728568437.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार