गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते,दुई जनाको अवस्था गम्भिर
गुल्मी - गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ ।
बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।
जिप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए ।
जिप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी १० मिटर तल खसेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्