Nic Ad Nic Ad
Nic Ad Nic Ad

रतन टाटाको निधनप्रति नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा दु:ख व्यक्त

शुक्रबार, असोज २५, २०८१

काठमाडौं- भारतीय उद्योगपति रतन टाटाको गत बुधबार भएको निधनप्रति नेपाल-भारत उद्योग वाणिज्य संघले दु:ख व्यक्त गरेको छ।

उद्योगी व्यवसायीका साथै दूरदर्शी समाजसेवी टाटाको निधनमा संघले शोक व्यक्त गर्दै दुखद घडीमा सम्पूर्ण टाटा समूहप्रति समवेदना प्रकट गरेको छ।

भारतीय उद्योग क्षेत्रमा स्टिल, अटोमोबाइल, सूचना प्रविधि, संचार, दैनिक उपभोग्य वस्तु, उर्जा, अतिथि सत्कार, केमिकल्स, वित्तीय सेवा, हवाई सेवा, पूर्वाधार, ईन्जिनियरिङ लगायतको क्षेत्रको माध्यमबाट टाटा समूहले भारतीय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको संघले बताएको छ। साथै विश्व अर्थ जगतमा टाटा समूहको दरिलो उपस्थिति रहेको संघको भनाइ छ।

‘पद्म भूषण, पद्मविभूषण तथा भारत रत्न जस्ता उच्च सम्मानबाट सम्मानित टाटा भारतको रत्नका रूपमा प्रतिविम्बित व्यक्तित्व हुनुहुन्छ भने स्वर्गीय टाटा व्यावसायिक जगतका एक दूरदर्शी नेतृत्वकर्ताका साथै एक अब्बल खोजकर्ता एवं धेरैका लागि आदर्श व्यावसायिक व्यक्तित्व हुनुहुन्छ,’ संघको विज्ञप्तिमा भनिएको छ।

उद्योग व्यवसाय, समाज र सामाजिक सेवाको क्षेत्रमा टाटाको योगदानले आगामी नयाँ पुस्तालाई सदैव उत्साह र प्रेरणा दिइरहने संघले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्