Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्चरोले हानेर श्रीमतीको हत्या

शुक्रबार, असोज २५, २०८१

कैलाली - कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको चुरे गाउँपालिका-६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । अहिले बन्चरो प्रहार गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ। 

हिरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्